चौरजहारी नगरपालिकाले दुई वटा बस खरिद गर्ने

चौरजहारी नगरपालिकाले दुई वटा बस खरिद गर्ने

चौरजहारी नगरपालिका

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले थप दुई वटा बस खरिद गर्ने भएको छ । नगर बसको सेवा विस्तार गर्ने उदे्श्यले नगरपालिकाले थप दुई वटा नगर बस खरिद गर्ने लागेको हो ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा नगर बसको सेवा विस्तार गर्ने उदे्श्यले नगरपालिकाले ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सोहि रकम बाटै २ वटा बस खरिद गरिने नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका १४ वटै वडा सडक संजालको पहुँचमा पुगेपछि यसअघि नगरपालिकाले सहुलिएत भाडदरमा ३ वटा नगर बस सेवा संचालन गरिरहेको छ । सबै नगरवासीलाई अझैपनि सहज यातायात सेवा दिन नसकेको निष्कर्ष निकाल्दै नगरपालिकाले नगर बस थप गर्ने निर्णय गरेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगर बस खरिदको लागि बोलपत्र आह्वान गरि खरिद प्रक्रिया अगाडि बढेको छ ।

चौरजहारी नगरपालिका कर्णाली प्रदेशमै सहुलिएत भाडदरमा नगर वस सचालन गर्ने पहिलो नगरपालिका हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार