प्रभु बैंकद्वारा बिरेन्द्रनगर नगरपालिका लाई सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा बिरेन्द्रनगर नगरपालिका लाई सहयोग हस्तान्तरण

चैत २८ सुर्खेत
प्रभु बैंक लिमिटेड सुर्खेत शाखाले आज शुक्रबार बिरेन्द्रनगर नगरपालिका लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
बिश्वब्यापी महामारी कोरोना भाईरस अर्थात कोभिड १९ को प्रकोप रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शरद राज तिमील्सिना प्रादेशिक सुर्खेत शाखाका प्रबन्धक भोजेन्द्र कार्की ्प्रादेशिक कार्यालयका सम्बन्ध अधिकृत जगदिश मिश्र लगाएतको टिमले बिरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई एक लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गर्नभएको हो ।

 

नगरपालिकाले उक्त रकम खाद्यान्न तथा राहत सामग्रीको लागी सदुपयोग गर्ने अपेक्षा लिएको बैंकका प्रादेशिक सम्बन्ध अधिकृत जगदीश मिश्रले बताउनुभयो ।
यसअघि प्रभु बैंक लिमिटेडले कर्णाली प्रदेश का छ वटा स्थानीय तहलाई खाद्यान्न र नगद राहत सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशिक कार्यालय कर्णाली सुर्खेत को सामन्व्य मा कर्णाली प्रदेश का छ वटा स्थानीय तहमा ५ लाख रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रदेशिक कार्यालयका सम्बन्ध अधिकृत जगदिश चन्द्र मिश्र बताउनुभयो ।

उहाँका अनुसार बिहीवार नारायण नगरपालिका दैलेख, भागवतीमाइ गाउपलिका दैलेख, गुरास गाउपलिका दैलेख , खर्पुनाथ गाउपलिका हुम्ला र से फुक्शुन्डो गाउँपलिका डोल्पा लाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको थियो ।  यस अघी नै संघीय सरकारलाई पनि बैंकका तर्फबाट केन्द्रीय स्तरमा एक करोड रुपैयाँ सहयोग हस्तान्तरण भइसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार