अस्ताए रुकुमका पहिलो पिएचडी गर्ने नवराज

अस्ताए रुकुमका पहिलो पिएचडी गर्ने नवराज

रुकुम जिल्लामै पहिलो पिएडी गर्ने बरिष्ठ अधिबक्ता डा. नबराज गौतमको मृत्यु भएको छ । असोज २८ गते ६७ बर्षको उमेरमा गौतमको हृदयघातका कारण काठमाडौंमा मृत्यु भएको हो ।

बुद्धनगरको नयाँ बानेश्वरस्थित आफ्नै घरमा बाथरुम गएको समयमा बेलुका साढे ८ बजेतिर लडेको अवस्थामा फेला परेका गौतमलाई तत्काल नजिकैको एभरेष्ट नरसिंह होममा पु¥याइएको थियो ।

‘हामीले बुवालाई १५ मिनेट भित्रै अस्पताल पु¥याइ सकेका थियौं,’ अधिबक्ता समेत रहेका काँइलो छोरा रामचन्द्रले भने ‘तर, उहाँलाई बचाउन सकिएन ।’

आफ्नो जीवनको अधिकाँस हिस्सा बिकट रुकुममै बिताएका बरिष्ठ अधिबक्ता नबराजले गत बर्ष फागुनमा मात्रै घर परिवारको सल्लाहमा काठमाडौंमा नयाँ घर किनेका थिए । ‘ हामी धेरै जसो छोरा बुहारी काठमाडौंमै बस्ने हुँदा सबैको आग्रहमा बुवालाई हामीले नै पहिलो पटक काठमाडौंमा दसैं मनाउन भनेर बोलाएका थियौं,’ छोरा रामचन्द्रले भने ‘ तर, दूभाग्र्य दसैंको अघिल्लो दिन नै नसोचेको घटना भयो ।’

छोरा रामचन्द्रका अनुसार उनका बुवा नवराज पहिलो पिएडी मात्रै हैन जिल्लामै पहिलो पटक एमए उत्तिर्ण गर्ने ब्यक्ति र जिल्लाकै पहिलो बरिष्ठ अधिबक्तापनि हुन । जसले त्रिभूवन विश्व विद्यालय बाट नेपाली, शिक्षा र राजनीति शास्त्रबाट एमए उत्तिर्ण गरेका थिए ।

पूर्व शिक्षक समेत रहेका स्वर्गिय नवराजले रुकुममा माबिको हेडसरको जिम्मेवारीमा रहेर शिक्षाको उन्नयनमा समेत लागेका थिए । बिएल गरेपछि अधिबक्ताको कामसंग संगै रुकुममै बहुमुखी क्याम्पसमा अध्यापनको काम समेत गर्दै आएका थिए । नवराज उक्त बहुमुखी क्याम्पसको उपप्राध्यापकको जिम्मेवारीमा समेत पुगेको छोरा रामचन्द्रले बताए ।

त्यसपछि बुवाले बढी समय अधिबक्ता क्षेत्रमै ब्यथित गर्न थालेको रामचन्द्रले जानकारी दिए ।माओबादी द्धन्द उत्कर्षमा पुग्दै गर्दा अदालतमा मुद्दाको चाप निकै कम भएपछि स्वर्गिय नवराजले टियूमा पिएडीमा भर्ना भएका थिए । छोरा रामचन्द्रका अनुसार राजनीति शास्त्रबाट २०६६ सालमा उनका बुवा नवराजले पिएचडी गर्दा रुकुममा कसैले पनि पिएचडी गरेको थिएन ।

‘ जति बिकट भएपनि बुवाले आँफू जन्मे हुर्केको ठाउँ रुकुमलाई औधी माया गर्नु हुन्थ्यो र उहाँ जीवन भर रुकुमै बसेर सेवा गर्नु भयो,’ छोरा रामचन्द्रले भने ‘ बुवाले जहिले हामीलाई पढ्न लेख्न, ज्ञानी बन्न र देशको असल नागरिक बन्नका लागि प्रेरणा दिनुभयो ।’

घर परिवारका अनुसार स्वर्गिय नवराजले पञ्चायत कालमै निर्वाचन मार्फत युवक संघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०४६ सालमा बहुदल आएपछि नवराज नेपाली काँग्रेसको सक्रिय राजनीतिमा पनि लागेका थिए ।

काँग्रेसको रुकुम जिल्ला सचिव, त्यसपछि कोषाध्यक्ष, उपसभापति र कार्यबहाक अध्यक्ष सम्मको जिम्मेवारी समेत स्वर्गिय नवराजले निर्वाह गरेका थिए । नवराजको घर हाल रुकुम पश्चिममको मुसिकोट नगरपालिका वडा नं. ५ शेरीगाउँमा पर्छ । उनका पाँच छोरा र एक छोरी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार