टोल स्तरिय भलिबल प्रतियोगिता सुरु, विजेतालाई खसि

टोल स्तरिय भलिबल प्रतियोगिता सुरु, विजेतालाई खसि

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा तिहार विशेष तथा खेलमैदान उद्घाटनको अबसरमा शुद्ध टोल स्तरीय भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका बिच वडा अध्यक्ष हिम बहादुर पाण्डेले उक्त खेलको उद्घाटन गर्नुभएको हो । मंगलबारसम्म सञ्चालन हुने प्रतियोगिता मा ९ ओटा समुहको भाग लिएका छन् ।
प्रतियोगितामा बिजेता टिमले १६ हजार बराबरको खसी पाउने छ भने प्रमाणपत्रको पनि पाउने छ ।

क्लबका अध्यक्ष दिपेन्द्र बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रम वडाअध्यक्ष हिम बहादुर पाण्डे को प्रमुख आतिथ्यता र नेकपा माओबादि केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष जय बहादुर पाण्डेको विशेष आतिथ्यता रहेको थियोे ।

क्लबका सदस्य राजेश गिरि को स्वागत मन्तब्य रहेको कार्यक्रम को सञ्चालन क्लबका सचिव गणेश ओलि ले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार