क्यान्सर पीडित सुरेशलाई उपचारमा आर्थिक समस्या

क्यान्सर पीडित सुरेशलाई उपचारमा आर्थिक समस्या

मुसिकोट । रुकुम पश्चिमका एक युवा अहिले चितवनमा क्यान्सर रोगसँग लडिरहेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ का साँखका ३२ बर्षिय सुरेश महत विगत सात महिना देखि बिपि कोईराला क्यान्सर हस्पिटल चितवनमा उपचाररत हुनुहुन्छ ।

महत मुख भित्रको क्यान्सरले ग्रसित हुनुहुन्छ । सहयोगी, इमान्दार तथा मेहनती सुरेशका बुवाआमा, एक श्रीमती एक छोरा हुनुहुन्छ ।

उहाँको उपचार प्रक्रिया धेरै महंगो भएकोले घरको आयश्रोतबाट छोरालाई बचाउन मुश्किल भएको सुरेशका बुवा लालबहादुर महतले बताउँनुभयो । उहाँले छोरालाई बचाउँनको लागि सहयोग गर्न बिभिन्न सहयोगी मनहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

सुरेशको उपचारमा सहयोग गर्न बुवा लालबहादुर महतको मोबाईल नम्बर ९८४४९९०४३४ मा सम्पर्क गर्न सकिनेछ । साथै उहाँलाई आर्थिक सहयोग गर्न चाहने मनकारीहरुको लागि बुवा लालबहादुर महतको नाममा ग्लोबल आईएमइ बैक रुकुम शाखामा रहेको खाता नम्वर ५३०७०१००००८१४ सार्वजनिक गरिएको छ ।

सबैको सानो सानो रकमको सहयोगले पनि सुरेशको ज्यान बचाउन सकिने भएकोले उहाँको उपचार सहयोगको लागि सहयोगीमनहरुले सहयोग अभियान समेत सञ्चालन गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार