भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा) को उत्तम साइत रहेको हो।

हरेक वर्ष दसैं र तिहारसँग सम्बन्धित विभिन्न दिन तथा साइत सो समितिले निकाल्दै आएको छ। जसअनुसार यसपालिको तिहार पर्वसँग सम्बन्धित दिन तथा साइतहरू यसप्रकार छन्ः

१. कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती।
२. कात्तिक १७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेल लगाएर नुहाउने)।
३. कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि।
४. कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं. ११४२  प्रारम्भ।
५. कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका (किजापूजा) बिहान ११ः२ बजे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार