कर्णालीमा तिहारपछि मन्त्रिपरिषद् विस्तार गरिने

कर्णालीमा तिहारपछि मन्त्रिपरिषद् विस्तार गरिने

कर्णाली प्रदेशमा तिहारपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबार नै कांग्रेसले सरकारको नेतृत्व लिए पनि बीचमा तिहारको बिदा पर्ने भएकाले तिहारपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

मन्त्रिपरिषद् विस्तारका लागि बीचमा सत्ता साझेदारहरूबीच छलफल गर्नुपर्ने भएकाले तिहारअघि हुन नसक्ने नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए।

शाहीका अनुसार अहिले कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन। कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेपाली कांग्रेस साझेदार दल हुन्।

‘दलहरूको साझेदारीमा सरकार हुने भएकाले कसले कति पाउने भन्ने पनि हुन्छ, दलहरूलाई नाम छनोट गर्न पनि समय लाग्छ,’ प्रमुख सचेतक शाहीले भने, ‘यो बीचमा छलफल होला, अरू दुई दलले नाम सिफारिस गर्नुभयो भने तिहारलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाइहाल्छ।’ कर्णाली प्रदेशमा आठ सदस्यीय मन्त्रिपरिषद् हुनेछ।

 

 

 

 

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार