हुम्ला र मुगुमा कोरोना सङ्क्रमित शून्य

हुम्ला र मुगुमा कोरोना सङ्क्रमित शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ। हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन्। योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत छ। कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको निधन भएको छ। हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन्।

देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार