प्रतिबन्ध लगाएका २४ थरि औषधि भारतले नेपाल र अमेरिकासहित १३ देशमा पठाउने

प्रतिबन्ध लगाएका २४ थरि औषधि भारतले नेपाल र अमेरिकासहित १३ देशमा पठाउने

चैत २८ काठमाडौ
भारतले कोरोना भाइरस संक्रमणको उपचारमा उपयोगी हुने भनी परीक्षण भइरहेको औषधि ‘हाइड्रोक्सिक्लोरोक्विन’ नेपालसहित १३ देशमा पहिलो लटमा पठाउने भएको छ।

भारतले योसहित विभिन्न ‍औषधिहरु निर्यातमा प्रतिबन्ध लगाएको थियो।  केही दिनअघि भारतले हाइड्रोक्सिक्लोरोक्विन सहित २४ थरि औषधिहरुको निर्यातमा लगाएको प्रतिबन्ध खुला गरेको थियो।

अमेरिकाले औषधि पठाउने देशहरुको सूचीमा नेपाल, भुटान, अफगानिस्तान, मालद्विभ्स, अमेरिका, स्पेन, जर्मनी, सिसेल्स, मौरिसस, डोमिनिकन रिपब्लिक, ब्राजिल र बहराइन गरी १३ देशमा यो औषधि पठाउने भएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार