सिडियो र जनप्रतिनिधिको विवरण लिएर सुरू गरियो रुकुम पश्चिममा जनगणना

 सिडियो र जनप्रतिनिधिको विवरण लिएर सुरू गरियो रुकुम पश्चिममा जनगणना

मुसिकोट । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको विवरण संकलन गरी रुकुम पश्चिममा राष्ट्रिय जनगणना २०७८ को सुरूआत गरिएको छ। जिल्ला जनगणना अधिकारी सतिसकुमार चौधरीसहितको गणक टोली आज बिहान ९ बजे जिल्ला प्रशासन कार्यालयमा गएर जनणनाको मुख्य प्रश्नावलीको विवरण भरेर कार्यक्रमको सुरूआत गरेको हो।

यसका साथै जिल्लाका स्थानीय तहमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुले जगणनाको मुख्य प्रश्नावलीको विवरण भरेर कार्यक्रमको सुरुआत गरिएको छ ।

जिल्ला जनगणना कार्यालयका अनुसार जनगणनालाई सफल पार्न जिल्लाका ७३ वडामा २ सय ३८ जना गणक खटिएका छन् । तीन वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको मुसीकोट नगरपालिकामा रहेको कार्यालयले त्रिवेणि गाउँपालिका, चौरजहारी नगरपालिकामा रहेको कार्यालयले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा रहेको स्थानीय जनगणना कार्यालयले बाँफिकोट गाउँपालिका हेर्ने छ  ।

रुकुम पश्चिममा ३८ हजार १ सय २४ घरपरिवार र १ लाख ७२ हजार ९ सय ५६ प्रारम्भिक जनसंख्या रहेको छ ।

के-के विवरण लिइन्छ?

•तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ? (अन्य लिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति भन्ने बुझिन्छ।)

•तपाईं बसोबास गर्नु भएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ? (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ।)

•तपाईंले उपभोग गरेको कृषि योग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या कति छ ?

•तपाईंको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ/छैन।

•तपाईंको घरमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ ?

•तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन् ?

•तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ ?

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार