चुनावी तालमेलबारे कुनै सहमति भएको छैन : सभापति देउवा

चुनावी तालमेलबारे कुनै सहमति भएको छैन : सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी तालमेलबारे गठबन्धनमा कुनै सहमति नभएको बताएका छन् ।  आइतबारको केन्द्रीय समितिको बैठकमा नेता प्रकाशमान सिंहले चुनावी तालमेलबारे जिज्ञासा राखेका थिए । जवाफमा  देउवाले चुनावबारे कुनै कुरा नभएको बताएका हुन् ।

नेता सिंहले ‘निर्वाचनमा पनि तालमेल हुन्छ भन्ने आइरहेको छ नि ?’ भनेर देउवालाई प्रश्न गरेका थिए ।

जवाफमा देउवाले चुनावबारे कुरै नभएको जिकिर गरे । “यहाँ सुन्नुहोस्, सरकार त रहन्छ, चुनावी गठबन्धन हुन्छ कहाँ भनेको छुँ मैले ? केही निर्णय भएको छैन । चुनावको कुरै भएको छैन ।”

पछिल्लो सयम गठबन्धनका शीर्ष नेताहरूले आगाी चुनावसम्मै गठबन्धन रहने प्रतिक्रिया दिइरहेक छन् । जसलाई लिएर कांग्रेसका कतिपय नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार