आज पनि सर्वोच्च अदालत प्रांगणमा वकिलहरूको धर्ना

आज पनि सर्वोच्च अदालत प्रांगणमा वकिलहरूको धर्ना

कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत प्रांगणमा धर्ना दिएका छन् । वकिलहरू सर्वोच्चको मूल गेटभित्र धर्नामा बसेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन थालेको हो । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने वकिलहरूको तयारी छ ।

यद्यपि, केही दिनयता प्रधानन्यायाधीश जबरा वकिलहरूको धर्ना छल्दै सर्वोच्च प्रवेश गर्दै आएका छन् । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार