नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर सर्वसम्मत चयन

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर सर्वसम्मत चयन

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा पुनः खम्बिर गर्बुजा चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधवार सुरु भएको सातौं जिल्ला अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा सभापति पदमा चयन भएका हुन् ।

सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनयकुमार श्रेष्ठले बताए । गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति थिए।

कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गर्ने भने पनि म्याग्दीमा ढिलाइ भएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार