जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहिको भिड

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहिको भिड

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक साता यता सेवाग्राहिको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपी निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउँने सेवाग्राहिको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक साता यता दैनिक करिब दुई सय सेवाग्राहिको काम भैरहेको छ । उहाँका अनुसार केहि बर्ष यता प्रशासन कार्यालयमा यसरी सेवाग्राहिको भिडभाड भएको थिएन ।

कर्मचारीहरुले कार्यालय सम्म भन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक साता यता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० ओटा नागरिकताको प्रतिलिपी लिन आउनेहरुको तथ्यांक छ ।

त्यसैगरी राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नावालक सिफारिस लिन आउनेहरुको संख्या समेत बढि रहेको छ ।
चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत सर्वसाधारणहरु सेवा लिन आउने गरेकोले भिडभाड बढेको बताईन्छ ।

सर्वसाधारणहरुले पालिका स्तरमा घुम्ति शिविर र पायक पर्ने स्थानमा इलाका प्रशासन कार्यालय भएमा सेवा लिन सजिलो हुने बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार