प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

अहिले प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ हुनुहुन्थ्यो ।

‘प्रधानन्यायाधीश ज्यूलाई आज जाँच गर्दा कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ। उहाँलाई निमोनिया पनि देखिएको छ,’ दाहालले भन्नुभयो।
उहाँका अनुसार अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका आउनु भएको थिएन आइतबार उहाँ अदालत आएका आउनु भएको थियो ।

बलम्बुस्थित एपिएफ अस्पतालका प्रमुख डा। रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उहाँको उपचार सुरू गरिएको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार