काँग्रेस केन्द्रीय सदस्यमा मानबहादुर नेपालीको उम्मेदवारी घोषणा

काँग्रेस केन्द्रीय सदस्यमा मानबहादुर नेपालीको उम्मेदवारी घोषणा

मुसिकोट । नेपाली काँग्रेसका युवा  नेता तथा रुकुम काँग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाली कांग्रेसकाे १४ औ महाधिवेशनमा दलित कोटाबाट उम्मेदवारी दिने उहाँले जानकारी दिनुभयो । नेता नेपाली नेपाली काँग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति भएका व्यक्ति हुनुहुन्छ ।

उहाँ २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति हुनुभएको थियो । राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेता नेपालीले माओबादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनवरत रुपमा लागि परेको दाबी गर्नुभएको छ ।

‘अहिले सम्म रुकुमबाट काँग्रेसको कोही पनि केन्द्रीय सदस्य भएको छैन,’ उजेली न्युजसँग उहाँले भन्नुभयो ‘समग्र कर्णाली प्रदेशको दलितको नेतृत्व गर्दै म उम्मेदवारी दिन चाहन्छु ।’ उहँँले संस्थापन पक्षबाट उम्मेदवारी दिने जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार