बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

दाङमा बिहीबार बेलुका बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ का ४३ बर्षीय युवराज चन्दको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेका चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई पौने ८ बजेतिर तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही १६ मा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको थियो ।
ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार