काँग्रेस केन्द्रीय सदस्य पदका उम्मेदवार मानबहादुर नेपालीको पक्षमा माहोल

काँग्रेस केन्द्रीय सदस्य पदका उम्मेदवार मानबहादुर नेपालीको पक्षमा माहोल

महाधिबेशन प्रतिनिधिहरु सँग भोट माग्दै केन्द्रिय सदस्यका उम्मेदवार नेपाली

काठमाडौं । नेपाली काँग्रेसबाट रुकुम पश्चिममा इतिहास रच्ने उदेश्यसहित मैदानमा उत्रिएका नेता मानबहादुर नेपालीको पक्षमा जवरजस्त माहोल देखिएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्य (दलित समावेशी)  मा शनिबार मनोनयन दर्ता गरे संगै उनको पक्षमा जवरजस्ती माहोल देखिएको छ ।

रुकुमका पूर्व जिल्ला सभापति नेपाली दलित समुदायबाट जिल्ला पार्टी सभापति हुने पहिलो ब्यक्ति हुन । नेता नेपाली राष्टिय दलित आयोगका पूर्व अध्यक्षपनि हुन । उम्मेदवारी दिएपछि उनको पक्षमा प्रतिनिधिहरुले आज नाराबाजी गर्दै काठमाडौंको भृकुटीमण्डपमा परिक्रर्मा गरेका थिए । मेची महाकाली के भन्छ, मानबहादुरले जिताँउ भन्छ, भन्ने जस्ता नारा लगाउँदै मतदाता परिक्रर्मा गर्नुले मानबहादुर नेपालीको पक्षमा जवरजस्त माहोल निर्माण भएको देखिन्थ्यो ।

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता नेपालीलाई पार्टी भित्र सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही लगाएतका नेताहरुको साथ समर्थन छ ।

हालसम्म रुकुमबाट कुनैपनि नेता केन्द्रीय सदस्य नबनेको हुँदा नेता नेपालीले यस पटक इतिहास रच्ने प्रबल संभावना रहेको मतदाताहरुले बताएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार