नेपालमा २४ घन्टामा ९ सयको कोरोना परीक्षण , संक्रमण शुन्य

नेपालमा २४ घन्टामा ९ सयको कोरोना परीक्षण , संक्रमण शुन्य

चैत २९ काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा शनिबार पनि नयाँ कोरोना संक्रमित नथपिएको बताएको छ । अहिलेसम्म ४ हजार ४ सय बढीको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार गएको २४ घन्टामा मात्रै झन्डै ९ सय जनाको परीक्षण भएको मा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

यस्तै सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको छ। यसअघि डेढ सयदेखि दुई सय परीक्षण गर्दै आएकोमा दैनिक झन्डै ८ सयको नमूना परीक्षण गर्न थालेको हो ।

जस अन्तरगत कोरोना परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि सुरू भएको छ। भने भोलिबाट टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने बताएको छ । सँगै अब काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्य दुई ठाउँबाट कोरोना परीक्षण हुने भएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार