कांग्रेस महाधिवेशन: शून्य समय सुरु, प्रचार सामग्री हटाउँदै प्रहरी

कांग्रेस महाधिवेशन: शून्य समय सुरु, प्रचार सामग्री हटाउँदै प्रहरी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शूल्य समय सुरु भएको छ । निर्वाचन समितिले शून्य समय सुरु भएको सूचना जारी गरेपछि प्रहरीले उमेदवारको प्रचार-प्रसार सामाग्री हटाउन सुरु गरेको छ ।

प्रहरीले माइकिङ गर्दै घाँटीमा झुन्ड्याइएको सामग्री,  उमेदवारको फोटोसहितको सामाग्री हटाउदै र प्लेकार्डलगायतमा सामग्रीहरू हटाउन आग्रह गरिरहेको छ । साथै, प्रहरी आफैंले प्रचार-प्रसार सामग्री हटाउन थालेको छ ।

प्रहरीले शून्य समय सुरु भएको हुँदा सामग्री हटाउन र प्रचारप्रसार बन्द गर्न आग्रह गरे पनि यहाँ बाजागाजासहितको प्रचार-प्रसारको काम रोकिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार