दाङमा जीप दुर्घटना : कपुरकोटका चार जनाको मृत्यु

दाङमा जीप दुर्घटना : कपुरकोटका चार जनाको मृत्यु

दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको यात्रु बहाक जीप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । घाइते मध्य दुई पुरुष र दुई महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृतक सबै सल्यान कपुरकोटका हुन ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ का ५२ बर्षीय चन्द्रबहादुर खड्काको उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज पुर्याउँदै गर्दा मृत्यु भएको छ । त्यसअघि कपुरकोट ४ की ४६ बर्षीया महिला साउने घर्ती, सोही ठाउँका ३९ बर्षीय प्रेमप्रकाश शर्मा र २६ बर्षीया लालमती खड्काको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तीन जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा र एक जनाको उपचारका लागि नेपालगञ्ज पुर्याए लगतै मृत्यु भएको जानकारी दिए ।

सिट क्षमता भन्दा बढी यात्रु बोकेर सल्यान तर्फ जाँदै गरेको जीप उकालोमा चढ्न नसकेर ब्याक भएपछि झन्डै दुई सय मिटर तल खसेको थियो ।
तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोला नजिकै आइतबार बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्राबहाक जीप दुर्घटनाका घाइते मध्य दश जनाको बाँकेमा र तीन जनाको तुलसीपुरमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार