कांग्रेस मतगणना सकियो, सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने

कांग्रेस मतगणना सकियो, सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ । सभापतिका उम्‍मेद्‍वार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । डा . शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २४९ भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट ल्याएका छन् ।

सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार