चिलीमा ३५ वर्षीय बोरिस राष्ट्रपतिमा निर्वाचित

चिलीमा ३५ वर्षीय बोरिस राष्ट्रपतिमा निर्वाचित

चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै ३५ वर्षीय बोरिस विजयी भएका हुन् ।

बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति बन्ने छन् । त्यस्तै, वर्तमान विश्वमा उनी कान्छो नेतामध्येका एक हुनेछन् ।

अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए ।

निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ । उनले वामपन्थी विद्यार्थी संगठनबाट राजनीति थालेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार