केन्द्रीय सदस्यमा मानबहादुर नेपालीको अग्रता कायमै

केन्द्रीय सदस्यमा मानबहादुर नेपालीको अग्रता कायमै

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत केन्द्रीय सदस्य दलित खुल्ला तर्फको मतगणना जारी छ ।
बुधबार बेलुका साढे ८ बजेसम्म ३७०० मत गणना भइसकेको छ । अझैं १ हजार ७२ मतगणना हुन बाँकी छ । ताजा स्थितिमा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्व जिल्ला सभापति मानबहादुर नेपालीको सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । ३७०० मत गणना हुँदा उनले १८०० प्राप्त गरेका छन् । दलित खुल्लामा पाँच जना निर्वाचित हुने ब्यबस्था छ ।
दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेपाली सुरुदेखि एक नम्बरमा रहेका छन् ।
३७०० मत गणना हुँदाको प्राप्त मत परिणाम ।
१ – मानबहादुर नेपाली – १८००
२– प्रकाश स्नेही – १७७२
३ – नृपबहादुर वड – १७०३
४ – हरिशरण नेपाली – १६१८
५– मैकुलाल बाल्मीकी – १४६७
६ – बुद्धिराम हरिजन – १४२५
७ – डोबाटे विश्वकर्मा – १४०२

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार