कांग्रेस केन्द्रिय सदस्य मानबहादुरले दिए मतदातालाई धन्यवाद

कांग्रेस केन्द्रिय सदस्य मानबहादुरले दिए मतदातालाई धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपालीले सबैलाई धन्यवाद दिनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट दलित (खुला) तर्फबाट केन्द्रिय सदस्यमा २२९० मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

केन्द्रिय सदस्य नेपालीले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिनुभएको हो ।  ‘मलाई केन्द्रिय सदस्य पदमा निर्वाचित गर्न मत दिनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरु साथै सहयो, सद्भाव र शुभेच्छा राख्नुहुने सबै महानुभावहरुमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु,’ उनले भनेका छन् ‘महाधिवेनको सम्पूर्ण प्रक्रियालाई सफल बनाउन अथक प्रयास गर्नुहुने सम्पूर्ण ब्यक्ति तथा संस्थाप्रति हृदयदेखी नै धन्यवाद एवं नमन ।’

पहिलो पटक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि अब रुकुमलाई केन्द्रसँग जोड्ने आफ्नो पहिलो प्राथमिकता हुने नेता नेपाली बताउनु हुन्छ ।

रूकुम जस्तो विकट भूमिबाट आफूले कांग्रेस आन्दोलनमा लाग्दा र दलित आन्दोलनको नेतृत्व गर्दा कयौं चुनौतिको सामना गर्नुपरेको स्मरण गर्नुभएको छ । उहाँले भविस्यमा पनि ग्रामिण भेगका उत्पीडित समुदाय, गरिब बर्गको उत्थानको लागि केन्द्रीय सदस्यको हैसियतले निरन्तर आवाज उठाइ रहने बताउनु भएको छ ।

बिपीले परिकल्पना गरेको समतामुलक समाज निर्माण गर्न, समाजवादीको अवधारणा ब्यवहारिक रूपमा लागू गर्न तथा दलित समुदायको भबिस्य स्थापित गराउन खरो रूपमा उत्रने नेपालीले जोड दिनुभएको छ ।

को हुन् मानबहादुर नेपाली ?

राजनीति शास्त्रमा स्नातक उत्तिर्ण नेपाली लोकप्रिय नेता त हुन नै उनले बिगतमा माओबादी उद्गम थलो रुकुममा प्रजातन्त्र जोगाउन खेलेको भूमिका निकै अबिस्मरणिय छ । जो अबिचलित रुपमा नेपाली काँग्रेसको मियो बनेर रुकुम जस्ता बिकट पहाडी जिल्लामा लोकतन्त्रको रक्षार्थ सतिसाल बनेर उभिदै आएका एक सच्चा सिपाही हुन ।
स्पष्ट बक्ता नेता नेपाली पार्टीको ग्रास रुट बाटै पार्टी संगठन निर्माण गर्दै राजनीतिलाई समाज रुपान्तरण र देश विकासमा जोड्नु पर्छ भनेर अनवरत रुपमा लागि परेका नेता हुन ।

राजनीति सेवाको लागि हो र यो संधै समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्नेता राख्ने नेता हुन नेपाली । नेता नेपाली दलित समुदायबाट जिल्ला सभापति बनेका काँग्रेस भित्र नेपालकै पहिलो दलित नेता हुन । जो १२औं महाधिबेशनबाट रुकुमको पार्टी सभापति बनेका थिए ।

नेता नेपालीको राजनीतिक पृष्ठभूमी नियाल्दा २०५२ सालमा उनी नेपाल बिद्यार्थी संघ रुकुमको सभापति बनेका थिए । जतिखेर माओबादीको सशस्त्र द्धन्द चरम उत्कर्षमा थियो अर्थात नेपाली काँग्रेस हुँ भन्दापनि ज्यान जोखिममा पर्ने अवस्था थियो त्यो जगजगिको समय २०५४ सालमा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर पार्टीको बिउ जोगाउने साहाशी युवा हुन ।

नेता नेपाली १०औं महाधिबेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिव भएका थिए । त्यसपछि नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय सचिव समेतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका नेता हुन ।

उनको निष्ठा, लगन र क्रियासिलताका कारण पार्टीबाट नेता नेपाली २०७१ सालमा राष्टिय दलित आयोगको अध्यक्षका रुपमा दूई बर्ष काम गरेको अनुभव पनि छ ।
नेता नेपालीले २०५७ सालमा मध्यपश्चिमबाट उपक्षित उत्पिडीत दलित वर्ग उत्थान बर्ग समितिको सदस्य भइ काम गरेका थिए ।

नेता नेपाली पार्टीमा संघीय संसदको समानुपातिक सुचिमा तीन पटकसम्म नाम पर्नुले पनि उनको योगदान र लोकप्रियता उजागर हुन्छ । तर, नेपाली हालसम्म सांसद बन्ने अबसरबाट भने हालसम्म बञ्चित हुँदै आएका छन् ।

१३औं महाधिबेशनमा पनि नेपाली केन्द्रीय सदस्यमा दलित कोटाबाटै भिडेका थिए । उतिखेर उनी झिनो मतान्तरले मात्रै पराजित भएका थिए । पार्टी भित्रको लोकतान्त्रिक अभ्यास भएपनि कहिले काँही प्राबिधिक कारणले पनि निर्वाचनमा पछि परिने भएपनि यसपटक आफुलाई गत महाधिबेसनको अनुभवले पनि धेरै परिपक्व बनाएको हुँदा  लोकप्रिय मत प्राप्त गरि बिजयी भएको बताउछन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार