माओवादी केन्द्रको बन्दसत्र आजबाट, प्रचण्डले प्रतिवेदन पेश गर्ने

माओवादी केन्द्रको बन्दसत्र आजबाट, प्रचण्डले प्रतिवेदन पेश गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुनेछ।

बन्द सत्रमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। उक्त प्रतिवेदन छलफलपछि पारित गर्ने तयारी छ।

साथै विधान संशोधनलगायत विषय पनि बन्द सत्रमा छलफलका लागि पेश गर्ने तयारी माओवादीको छ।

बन्द सत्रमा करिब एक हजार छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ।

माओवादीले पहिलो राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर महाधिवेशन गरेको थियो। सबै प्रक्रिया पुगेकोले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको थियो।

महाधिवेशनको आइतबार काठमाडौंमा उद्घाटन गरिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार