निसास्सिएर बेहोस भएका तीन जना आए होसमा

निसास्सिएर बेहोस भएका तीन जना आए होसमा

बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आएका हुन् ।

भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा. सुवास जिसीले जानकारी दिए । ‘सानो बच्चा र आमा होसमा हुनुहुन्छ । बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ । होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको छ,’ उनले भने ।

राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी पर्ने ४० वर्षीया नन्दकली भट्टराईको बिहीबार बिहान मृत्यु भएको थियो । उनीहरू एकै घरपरिवारका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार