त्रिवेणीमा पनि मनाईयो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

त्रिवेणीमा पनि मनाईयो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

मुसिकोट । रुकुम पश्चिममा पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ९ को आयोजनमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।

नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का सभापति रमिता चन्दको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस रुकुमका पूर्व उप-सभापति वीर बहादुर ओली, भिम बहादुर डाँगी, नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका सभापति दिपेन्द्र कुमार ओली , नेपाली काङ्ग्रेस रुकुम पूर्व सह-सचिब थल बहादुर खड्का , वर्तमान सह-सचिब प्रेम बहादुर खड्का, नेपाली कांग्रेस प्रदेश (ख) का उप-सभापति हरि बहादुर खड्का, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश सचिब अमरसिंह खड्का लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको योगदान र त्यागलाई सम्झदै आफ्ना विचारहरु राखेका थिए । यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा पार्टीभित्र रहेका गुट, उपगुट र आन्तरिक तिक्ततालाई भुल्दै सबै एकता भएर अगाडि बढ्नु जरुरी रहेको सन्देश दिएका थिए ।

नेपाली कांग्रेसका संस्थापक एवं कांग्रेसको प्रजातान्त्रिक समाजवाद सिद्धान्तका प्रतिपादक महामानव वीपी कोइराला सहितका नेताहरू आठ वर्षसम्म भारतमा निर्वाशित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झना गर्दै कांग्रेसले हरेक वर्ष पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

यसलाई औपचारिकतामा सीमित नराखी उक्त महत्वपुर्ण दिनको मर्म र भावनालाई आत्मसात् गर्दै यस महत्त्वपूर्ण दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश कांग्रेसजनलाई दिएको छ।

यस्तै राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आजै नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका वडा नम्बर ९ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रमको संचालन नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका सचिब सन्तोष ओलीले गर्नुभएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार