नेपाली काङ्ग्रेस त्रिवेणी ९ को पार्टी कार्यालय उद्घाटन

नेपाली काङ्ग्रेस त्रिवेणी ९ को पार्टी कार्यालय उद्घाटन

मुसिकोट । नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका वडा नं ९ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेसले देशभर मनाउने राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०७८ को अवसरमा कार्यालय उद्घाटन गरिएको हो ।

नेपाली काङ्ग्रेसका संस्थापक नेता जननायक बिपी कोइराला आफू माथी लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गरेर राष्ट्रियता जोगाउनको लागि राजसंस्था र सबै राजनितिक दलहरु मिलेर अघि बड्नुपर्ने नीति अङ्गाल्दै २०३३ साल पौष १६ गते भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा नेपाली काङ्ग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै आएको छ ।

उक्त कार्यक्रमको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत वडा कार्यालय उद्घाटन गरेको नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका सचिव सन्तोष ओलीले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका वडा नं. ९ का सभापति रमिता चन्दको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुमका पुर्व पार्टी उपसभापतिद्वय वीर बहादुर ओली र भिम बहादुर डागीँ , नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका सभापति दिपेन्द्रकुमार ओली , नेपाली काङ्ग्रेस रुकुमका पुर्व पार्टी सहसचीव थल बहादुर खड्का, हालका पार्टी सह सचीव प्रेम बहादुर खड्का, नेपाली काङ्ग्रेस प्रदेश (ख) का उपसभापति हरि बहादुर खड्काको आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश सचीव अमरसिंह खड्का, त्रिवेणी १० का वडा अध्यक्ष शेर बहादुर खत्री, तरुण दल त्रिवेणीका अध्यक्ष नवीन खड्का, त्रिवेणी गाउँपालिकाका वडा सभापतिहरु लगाएत त्रिवेनी ९ का नेपाली काङ्ग्रेस प्रती आस्वाथान कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बिपीले देखाएको बाटोमा हिन्न सकेमात्र मेलमिलाप दिवस मनाउएको अर्थ हुने बिचार राखेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार