ब्राउन सुगरसहित पाँचजना पक्राउ

ब्राउन सुगरसहित पाँचजना पक्राउ

तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन्।

दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए । यहीँ महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना जतिलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार