निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली निर्वाचित

निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली निर्वाचित

रुकुमकोट । नेपाल निजामति कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार रुकुम पूर्वको सिस्ने शिक्षा क्याम्पसमा आयोजना भएको युनियनको दोस्रो जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

युनियनको नयाँ कार्य समितिको उपाध्यक्षमा धनबहादुर अधिकारी, नुमना पुन, अनुराधा झा, सचिवमा थलराज बस्नेत, सह-सचिवमा नरेश ओली र कोषाध्यक्षमा गणेश ओली चयन हुनुभएको युनियन रुकुम पूर्वले जनाएको छ ।

त्यसैगरी सदस्यहरुमा छविलाल घर्ति मगर, डिला भुषाल, सर्वजीत पुन, दिपा खड्का, थलवीर कसेरा, शुरेन्द्र प्रसाद यादव, दिल बहादुर खड्का, ओपेन्द्र ओली, गोपाल केसी र तुल बहादुर विष्ट चयन हुनुभएको छ ।

अधिवेशनले दुई जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि  चयन गरेको छ । जसमा विश्व केसी र निर्मला शर्मा रहनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस रुकुम पूर्वका उप-सभापती भिम बहादुर खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सरिता विसी, नेपाली कांग्रेस रुकुम पूर्वका महाधिवेशन प्रतिनीधि लक्षिराम घर्ती लगाएतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन नरेश ओलीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार