मुसिकोट १४ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन

मुसिकोट १४ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन

मुसिकोट । नेपाली काँग्रेसले मुसिकोट नगरपालिकाको वडा नम्वर १४ मा वडा कार्यालय सञ्चालनमा ल्याएको छ ।

आज शनिवार नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्काको प्रमुख आथित्यतामा भएको एक कार्यक्रमका बिच वडा कार्यालयको उद्घाटन गरिएको नगर सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो । आजै वडा नम्वर १४ को नियमित बैठक समेत गरिएको छ ।

वडा सभापति बद्धिराम खड्काको अध्यक्षतामा भएको वडाको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सहसचिव यज्ञ बिष्ट, पुर्व सचिव तथा महाधिवेशन प्रतिनिधि गोरख बहादुर खत्री, प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति महेन्द्र के. सी., नगर सभापति प्रेम बहादुर ओलि लगायतको आथित्यता रहेको थियो ।

नेपाली काँग्रेसप्रति आस्थावान कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बिच वडा कार्यालय सुरुवात गरिएको नगर सभापति प्रेमबहादुर ओलीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार