बाँफिकोटमा घाँटि थिचेर श्रीमतीको हत्या

बाँफिकोटमा घाँटि थिचेर श्रीमतीको हत्या

मुसिकोट । पुस १६ गते शुक्रबार राती आफ्नै घरको कोठामा झुण्डिएर मृत्यु भएकी भनिएकी जिल्लाको बाँफिकोट गाउँपालिकाकी एक महिलाको हत्या भएको बताईएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ९ निवासी २६ बर्षकी कमला खनाललाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट कमलाका श्रीमान दिपक खनाल भन्ने दलजित खनालले घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ ।

शुक्रबार राती करिब १० बजे दिपकले श्रीमतीको हत्या गरेर उनकै सलले कोठामा झुन्डाईदिएको बताइएको छ । आफ्नै घरको एउटै कोठामा सुतेका उनले श्रीमतिको हत्या गरेपछी आत्महत्या गरेको भन्दै परिवारका अन्य सदस्यलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक डेकेन्द्र शर्माको नेतृत्वमा जिल्लाबाट खटिएको अनुसन्धान टोलिले दिपकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको थियो ।

यस्तै पक्राउ परेका दिपकलाई जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको र पोष्टमार्टम रिपोर्टआएपछि थप कुरा स्पष्ट हुने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार