गुणस्तरिय शिक्षा कायम गर्न रुकुमवासिको रचनात्मक सहयोग आवश्यक

अन्तर्वार्ता

गुणस्तरिय शिक्षा कायम गर्न रुकुमवासिको रचनात्मक सहयोग आवश्यक

अन्तर्वार्ता

बुद्धिप्रसाद गौतम
क्याम्पस प्रमुख, मुसिकोट खलांगा बहुमुखी क्याम्पस
रुकुम (पश्चिम)

मुसिकोट खलंगा बहुमुखि क्याम्पस, रुकुम २०३७ सालमा त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरि समुदायवाट सञ्चालन भएको सामुदायिक क्याम्पस भए तापनि २०७५ सालमा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भए पछि यो क्याम्पसले सरकारी क्याम्पसको रुपमा स्थापित हुने अवसर पायो । २०३७ सालदेखि २०७८ सालसम्मको शैक्षिक दौरानमा यस क्याम्पस विभिन्न आरोह अवरोहहरु पार गर्दै धेरै दक्ष जनशक्तिहरु उत्पादन गरिसकेको छ जो देश विदेशका विभिन्न क्षेत्रहरुमा अग्रणि भुमिकामा रहेर देशको योगदानमा उल्लेखनिय भूमिका निवार्ह गरिरहनु भएको छ ।

हाल यस क्याम्पसका क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम इलाम जिल्लामा जन्मनु भई विगत २०६२ सालदेखि यस क्याम्पसको शैक्षिक विकासको लागि अनवरत शिक्षण पेशामा लागिरहनु भएको छ भने २०७८ जेष्ठ १ गतेदेखि यस क्याम्पसको नेतृत्व गरिरहनु भएको छ । यिनै विषयमा केन्द्रित भएर उजेली अनलाइनका सम्पादक लक्ष्मण केसीले क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमसँग गरेको कुराकानि :

मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा कुन कुन बिषयको पढाई भईरहेको छ ?

हाल मध्य पश्चिम विश्वविद्यालय अन्तरगत शिक्षाशास्त्र संकाय स्नातक तह (वि.एड.) मा पाँच वटा विषयहरु (अंग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा, स्वास्थ्य शिक्षा र जनसंख्या शिक्षा) मा पठनपाठन भईरहेको छ भने स्नातकोत्तर तह (एम.एड.) मा चार वटा विषयहरु (अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य शिक्षा र पाठ्यक्रम तथा मूल्यांकन) मा पठनपाठन भईरहेको छ । यसै गरि मानविकी तथा समाजशास्त्र संकाय (वि.ए.) मा समाजशास्त्र विषयको पठनपाठन हुदै आईरहेको छ । यस क्याम्पसमा हाल व्यवस्थापन संकाय अन्तरगर्त वि.वि.एस.को कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भएको छ । यसरि हेर्दा हाल तिन वटा संकाय अन्तरगत जम्मा ११ वटा विषयहरुमा कक्षा सञ्चालनमा आएको छ ।

क्याम्पसको भौतिक पूर्वाधार र जनशक्तिको अवस्था कस्तो छ ?

क्याम्पसमा हाल विभिन्न संकायहरुका विषयहरु पठनपाठन गर्नको लागि कक्षाकोठाहरु प्रर्याप्त मात्रामा छन । स्नातक तहका सम्पूर्ण कक्षाहरु विहानी सिफ्टमा र स्नातकोत्तर तहका कक्षाहरु दिउँसो ३ वजेदेखि हुनेहुँदा कक्षाकोठाहरुको खाँचो छैन । तर प्रशासनिक, विद्यार्थी छात्रवास, प्राध्यापक आवास जस्ता प्रयोजनको लागि भने भौतिक पूर्वाधारको आवश्यकता रहेको छ । निकट भविष्यमा सञ्चालनमा ल्याईन लागेको वि.एस्सि.एजि. कार्यक्रमको चारकोठे भवन निर्माण अन्तिम चरणमा रहेके छ ।
जनशक्तिको सन्दर्भमा हामीसँग अहिले पर्याप्त मात्रामा प्राध्यापक तथा कर्मचारीहरु हुनुहुन्न । हामीले दरबन्दिका लागि विगत देखि नै माग गर्दै आएका छौं ।

अहिलेसम्म क्याम्पस प्रमुख भए पनि सहायक क्याम्पस प्रमुखको नियुक्ती हुन सकेको छैन । आर्थिक प्रशासनको प्रमुखको रुपमा लेखा अधिकृत हुनुपर्ने हो तर, अहिलेसम्म लेखापालको दरबन्दि छ तर, दरबन्दि अनुसारको पदपुर्ति हुन सकेको छैन । लेखा तथा प्रशासनको काम सहायक लेखापालले हेरिरहन ुभएको छ । हामीसँग धेरै कार्यक्रमहरु छन् । आर्थिक प्रशासनका कामहरु पनि धेरै हुन्छन् तर, दरबन्दि अनुसार लेखापालको व्यवस्था नहुँदा कार्यसम्पादनमा कठिनाई आएको छ । त्यसैगरी प्रशासन शाखामा प्रशासन अधिकृतको व्यवस्था छैन जसले गर्दा प्रशासनिक कामकाजमा अप्ठेरो भएको छ ।

शिक्षक दरबन्दि पनि विषयगत रुपमा पूर्ण हुन सकेको छैन । एउटै शिक्षकले हप्तामा २४ पिरियड भन्दा बढी कक्षा लिनुपर्ने वाध्यता रहेको छ । विश्व विद्यालयसँग मैले आवश्यक दरबन्दिहरु पूर्तिका लागि वारम्वार माग गरिरहेको छु । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, रजिष्टार प्रा.डा. नारायण पौडेल, डिन लिलाधर तिवारी लगायतका पदाधिकारीज्यूहरुले चाँडै नै जनशक्ति व्यवस्थापनका लागि आँफूहरुले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाई क्याम्पस प्रमुख भै आईसकेपछि गर्नुभएका प्रमुख सुधारका कामहरु के के हुन ?

म मिति २०७८ जेष्ठ १ गतेदेखि क्याम्पस प्रमुख भई नियुक्त भइसकेपछि केहि महत्वपूर्ण शैक्षिक सुधार तथा भौतिक मर्मत संभारका कामहरु सम्पन्न भईसकेका छन् । प्रथमतः मैले क्याम्पसको वाल मर्मत गरि कार्यालय समय वाहेकको समयमा अनाधिकृत व्यक्तिहरुको प्रवेशमा रोक लगाएको छु भने गेटमा क्याम्पसको नामाकरण तथा पेन्टिङ्ग गरि आर्कषक बनाएको छु ।

त्यसै गरि क्याम्पसमा शैक्षिक कार्यक्रम तथा प्रशासनिक कार्यहरु गर्न, इन्टरनेटलाई नियमित गर्न वत्तिको समस्या भइरहको परिप्रेक्षमा यसलाई हल गरि सोलार प्यानल, व्याक अप (यु.पि.एस.) तथा ब्याट्रीहरुको व्यवस्था गरि २४ सै घण्टा वत्तिलाई नियमितता गर्ने कार्य भएको छ । यसैगरि यस क्याम्पसमा विभागिय कार्यहरु सञ्चालन गर्न विभागिय कार्यकक्षहरुको निर्माण गरिएको छ भने सरोकारवालाहरुको सहजताको लागि प्रत्येक कार्यकक्ष तथा कक्षाकोठाहरुमा नामाकरण गरिएको छ ।

यस क्याम्पसमा २०७५ तथा २०७६ सालमा भर्ना भई हाल विभिन्न सेमेष्टरहरुमा अध्ययनरत २९ जना छात्रछात्राहरुलाई जेहेन्दार, विपन्न, दलित, जनजाति र अपांगता छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यार्थीहरुको पठनपाठनलाई सहज र प्रभावकारी बनाउन करिव १ लाख २० हजार रुपैंया बरावरको पुस्तकहरु ल्याइएको छ । शिक्षक तथा कर्मचारीहरुको दक्षता अभिवृदि गर्दै विद्यार्थी मैत्रि शिक्षण क्रियाकलाप तथा प्रशासनिक कार्यको शुरुवात भैसकेको छ । जसको लागि १२ वटा ल्यापटप र २ वटा प्रोजेक्टर खरिद भैसकेको छ ।

यसको सञ्चालन र स्थायी प्राध्यापक तथा कर्मचारीहरुलाई वितरण गर्न निश्चित कार्यविधि निर्माण भैसकेको छ भने वितरण कार्य हुने अन्तिम चरण रहेको छ । यो शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र शिक्षक कर्मचारीहरुको क्षमता विकासमा कोशेढुंगा सावित हुनेमा म विश्वस्त छु । यसलाई अझ थप प्रभावकारी वनाउन छोटो अवधिको तालिमको समेत व्यवस्था गरिने छ । यो क्याम्पस मपवि मा सरकारी (आंगिक) भईसकेपछि त्रिभुवन विश्वविद्यालय अन्र्तगत अध्ययनरत विद्यार्थीहरुमा पर्न गएको आर्थिक भारलाई मध्यनजर गर्दै स्नातक तह र स्नातकोत्तर तहमा लिईदै आएको चारित्रिक प्रमाण पत्र शुल्क क्रमशः रु ९००० / ४५०० वाट रु. ३००० /२००० मा घटाइएको छ । यसरि नै परीक्षा शुल्कमा पनि उल्लेखनिय रुपमा परिमार्जन गरिएको कुरा सम्बन्धित सवैमा जानकारी पनि गराउँदछु । यसैगरि क्याम्पसका सूचनाहरुलाई जानकारि गराउन तथा महत्वपूर्ण कार्यहरु (शैक्षिक, आर्थिक तथा प्रशासनिक) लाई पारदर्शि बनाउनको लागि क्याम्पसको वेभ साईट निर्माण कार्य भैरहेको छ ।

यि समग्र सुधारका कार्यहरुले गुणस्तर सुनिश्चितता कायम गर्न पक्कैपनि सहयोग पुग्ने कुरामा म विश्वस्त छु । यि मेरो ८ महिनाको कार्यकालमा भए गरेका महत्वपूर्ण कार्यहरु हुन ।

क्याम्पसको थप विकासका लागि के गर्नु पर्ला ?

क्याम्पस विशुद्ध रुपमा ज्ञान प्रदान गर्ने साझा सार्वजनिक शैक्षिक संस्था हो । क्याम्पसको समग्र विकासमा यस संग सरोकार राख्ने विश्वविद्यालयका पदाधिकारीहरु, क्याम्पस प्रशासन, विभागिय प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक, उद्योगी, व्यापारी तथा सम्पूर्ण शिक्षाप्रेमिहरुको महत्वपूर्ण भुमिका रहन्छ ।

राजनितिवाट पूर्वाग्रहमा नरहि सवैले क्याम्पसको हितमा सयुंक्त प्रयास, सरसहयोग, इमान्दारिता, समयनिष्ठ रुपमा लागि परेमा यसको मुहार र्फेन सकिन्छ । क्याम्पसको विकासको लागि फाल्तु गफमा भन्दा शैक्षिक उन्नयन हुने काम, आपसि सरसहयोग र इमान्दारिता चाहिन्छ । मेहनत, परिश्रम र काम प्रतिको लगावले नै व्यक्तिगत र संस्थागत विकास संभव छ । यसैको लागि म लगायत यस क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु लागि परेका छौं ।

यस क्याम्पसमा विद्यार्थीहरुको आकर्षण कस्तो छ ?

यो रुकुम जिल्लाको २०३७ सालमा स्थापना भएको सवैभन्दा पुरानो सरकारी क्याम्पस हो । यहाँ नियमित रुपमा विहानि र दिवा सिफ्टका कक्षाहरु सञ्चालन भैरहेका छन । सरकारी क्याम्पस भएकोले विश्वविद्यालयकै मापदण्डमा रहेर शुल्कहरु लिने भएकोले विद्यार्थीहरुलाई अतिरिक्त आर्थिक भार पर्दैन ।

सर्वसुलभ शुल्कमा नियमित पढाई हुने, खेलकुद तथा अरिरिक्त क्रियाकलापहरु सञ्चालन हुने, पुस्तकालयको राम्रो व्यवस्था भएको, पूर्णकालिन दक्ष÷अनुभवि प्राध्यापकहरुले शिक्षण गर्ने यस क्याम्पसमा विद्यार्थीहरुको आकर्षण दिन प्रति दिन बढिरहेको छ । यसको प्रमाणको रुपमा विद्यार्थी भर्नामा भएको उल्लेखनिय वृद्धिलाई लिन सकिन्छ ।

सेमेस्टर प्रणालिमा गईसकेपछि विद्यार्थीहरुको सिकाई उपलब्धी कस्तो देखिएको छ ?

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका कार्यक्रमहरु वार्षिक प्रणालीमा नै पठनपाठन गर्दै उराउँदै आएको छ भने स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु भने सेमेष्टर प्रणाली मै छन । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मुसिकोट खलंगा ब. क्याम्पस, रुकुम (पश्चिम) मा भने स्नातक र स्नातकोत्तर तहका सम्र्पूण कक्षाहरु सेमेष्टर प्रणाली मै सञ्चालित छन ।

सेमेष्टर प्रणालीमा सम्बन्धित क्याम्पसले ४० प्रतिशत अंकभार आन्तरिक रुपमा प्रदान गर्ने गर्दछ भने सेमेष्टरको अन्त्यमा ६० प्रतिशत विश्वविद्यालयले तयार पारेको सत्रान्त परीक्षाको आधारमा निर्धारण गर्ने गरिन्छ । विषयगत रुपमा विषय शिक्षकवाट प्रदान गरिने ४० प्रतिशत अंक विद्यार्थीको नियमितता, गृहकार्य, प्रस्तुतिकरण, टर्म पेपर, प्रोजेक्ट वर्क जस्ता विद्यार्थीका क्रियाकलापमा आधारित हुने हुँदा नियमित, अनुशासित, लगनशिल विद्यार्थीहरुले उत्कृष्ट अंक प्राप्त गर्न सक्छन । त्यस्तै सत्रान्त परीक्षामा उर्तिण भएका विद्यार्थीहरुको कुल उर्तिण ग्रेड पनि वृद्धि भएको पाईएको छ । परीक्षामा समावेश भएका कुल विद्यार्थीहरु मध्ये करिव ८५ प्रतिशत विद्यार्थी सत्रान्त परीक्षामा उर्तिण हुन सफल भएका छन ।

यसरि हेर्दा वार्षिक परीक्षा भन्दा सेमेष्टर परीक्षा प्रणालीमा सिकाई उपलब्धि राम्रो भएको पाईएको छ । अधिकांश नियमित विद्यार्थीहरु सेमेष्टर प्रणालीमा राम्रो नतिजा सहित उर्तिण भएका छन ।

प्राध्यापकहरुको क्षमता अभिबृद्धिका लागि विश्वविद्यालयले कुनै कार्यक्रम ल्याएको छैन ?

प्राध्यापकहरुको क्षमता अभिवृद्धिको लागि विश्वविद्यालयले वेलावेलामा लेखरचना तथा पुस्तक लेखन सम्बन्धि गोष्ठि तथा सेमिनारहरुको आयोजना गर्ने गरेको पाईन्छ । विश्वविद्यालय स्वायत्त शैक्षिक संस्था भएकोले मुलतः प्राध्यापकहरुले स्वयं आर्फै स्व अध्ययन र विभिन्न कार्यक्रमहरुमा जोडिनु पर्ने पनि हुन्छ ।

मुसिकोट क्याम्पसको सन्र्दभमा कुरा गर्दा प्राध्यापक तथा विद्यार्थीहरुलाई मध्यनजर गरि गत असारमा प्रस्तावना पत्र तथा थेसिस लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

अव केहि दिनमा प्रत्येक शिक्षक तथा कर्मचारीहरुलाई ल्यापटप वितरण गरिसकेपछि कम्प्युटरको प्रयोग, इमेल, इन्टरनेट, स्लाईड प्रिजेन्टेशन, डकुमेन्ट डाउनलोड, सम्बन्धि तालिमको व्यवस्था गरि यसलाई शिक्षण क्रियाकलापमा जोडिने छ । यसको साथसाथै विभागिय प्रमुखले सिफारिस गरेका उपुर्यक्त तालिमहरुलाई क्रमश सञ्चालन गरिनेछ ।

र अन्तमा रुकुम बासीहरुलाई के भन्न चाहनुहुन्छ ?

रुकुम जिल्ला दुर्गम पहाडि जिल्ला हो । म इलाम जिल्लादेखि २०६२ सालमा यहाँसम्म आई शैक्षिक क्षेत्रमा सुधारका प्रयत्नहरु गरिरहेको छु । शिक्षा विना समग्र क्षेत्रमा सकारात्मक परिवर्तन गर्न असंभव हुने भएकोले गुणस्तरिय शिक्षा कायम गर्न रुकुम वासिसवैको रचनात्मक सहयोगको अपेक्षा गर्दछु । तपाई हामि सवै मिलेर शैक्षिक सुधार र गुणस्तर वृद्धि गर्ने महान अभियानमा लाग्न म अनुरोध गर्दछु ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार