सिम्रुतु क्याम्पसमा ६० लाखमा नयाँ भवन बन्दै

सिम्रुतु क्याम्पसमा ६० लाखमा नयाँ भवन बन्दै

मुसिकोट । त्रिवेणी गाउँपालिका रुकुम पश्चिमा अवस्थित सिम्रुतु क्याम्पस सिम्रुतुमा ६० लाख रुपैयाँ  नयाँ भवन निर्माण भइरहेको छ ।

चार कोठे पक्की भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले सो रकम विनियोजन गरेको हो । अहिले भवन निर्माणको काम शुरु भइसकेको क्याम्पसन प्रमुख सुर्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी फागुन महिना भित्र भवन निर्माणको काम सम्पन्न भइसक्ने छ ।

अहिले क्याम्पसमा आठ कोठाको दुई तले भवन रहेको छ । क्याम्पसमा पठनपाठनका लागि कक्षा कोठाको अभाव भए पछि नयाँ भवन निर्माणको काम शुरु भएको हो ।
भवन निर्माण स्थानीय उपभोक्ता समितिमार्फत काम भइरहेको छ । क्याम्पसमा अहिले अंग्रेजी, नेपाली, स्वास्थ्य र गणित गरेर चार ओटा विषय पढाई भइरहेको खड्काले जानकारी दिनुभयो ।

अहिले शिक्षा संकाय पढाई भइरहेको छ । आँफूहरुले व्यवस्थापन संकाय विषय थपका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । अहिले स्नातक तहमा पढाई भइरहेको सो क्याम्पसमा आगामी शैक्षिकसत्र देखि एमएड सञ्चालनका लागि पहल भइरहेको खड्काले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार