प्याब्सन दिवशका अवसरमा सोलावाङमा सरसफाई

प्याब्सन दिवशका अवसरमा सोलावाङमा सरसफाई

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा सञ्चालनमा रहेको सिस्ने एकेडेमी प्रा.लि. ले सोलावाङ बजारमा सरसफाई सँगै जनचेतनामुलक कार्यक्रम गरेको छ ।

एकेडेमीको बार्षिक कार्यतालिका तथा ३१ औ प्याब्सन दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको सिस्ने एकेडेमीका प्रबन्ध निर्देशक एवम् प्याब्सन रुकुम पश्चिमका जिल्ला अध्यक्ष बिमल कुमार शर्माले बताउनुभयो ।

अध्यक्ष शर्माका अनुसार “हाम्रो शहर सफा बनाउने रहर” भन्ने नाराका साथ सोलावाङ, नयाँ नमुना बजार परिसर सरसफाइ गरी जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

यस्तै एकेडेमीले सरसफाइ कार्यमा सहभागी हुने शिक्षक, विद्यार्थी, अभिभावक तथा सोलावाङ प्रहरी चौकीलाइ धन्यवाद व्यक्त गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार