छिङमा तरुण दल र महिला संघ गठन

छिङमा तरुण दल र महिला संघ गठन

मुसिकोट । नेपाली काङ्ग्रेसले मुसिकोट नगरपालिकाको वडा नम्वर १ मा नेपाल तरुण दल र महिला संघ गठन गरेको छ ।

नगर कार्यसमितिको तेस्रो बैठकको निर्णय अनुसार आज नगरपालिकाको वडा नम्बर १ मा नेपाल तरुण दल र महिला संघ गठन गरेको मुसिकोट नगर कार्यसमितिका सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

छिङमा भएको काँग्रेस युवाहरुको भेलाबाट केशव चन्दको अध्यक्षतामा ६७ सदस्यीय तरुण दल र सीता मल्लको अध्यक्षतामा ३७ सदस्यीय महिला संघ गठन गरिएको सचिव शर्माले बताउनुभयो ।

कार्यक्रम वडा नम्वर १ का वडा सभापति बिष्णु चन्दको सभापतित्व र नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति महेन्द्र के. सि. प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्यसमितिका सभापति प्रेम बहादुर ओलि , अतिथिमा साबिक स्यालापाखा गाबिसका प्रधानपन्च इन्द्र मल्ल, वडा सदस्य सरिता चन्द मल्ल लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार