रेडियो आफ्नो एफ.एम. आजबाट छैठौं वर्षमा प्रवेश

रेडियो आफ्नो एफ.एम. आजबाट छैठौं वर्षमा प्रवेश

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा संचालित रेडियो आफनो एफ.एम. ९० थोप्लो ४ मेगाहर्ज छैठौं वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम. पाँचौ वर्ष पुरागरी छैठौं बर्षमा प्रवेश गरेको हो ।

मंगलबार रेडियोले वार्षिक उत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएका ५० जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरीएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विरामीहरुलाई स्याउ, केरा, सुन्तला र उसिनेको अण्डा वितरण गरिएको थियो भने ६ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई वार्षिक उत्सवको अवसरमा ब्लाङकेट वितरण गरिएको छ ।

उनीहरुलाई घरमै पुगेर ब्लाङकेट हस्तान्तरण गरिएको हो । मानव विकास तथा सामुदायिक सेवा रेडियो प्रसारण विभागका संयोजक विजय माननधरको उपस्थिति तथा चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी, मेडिकल डाईरेक्टर डाक्टर कालेव वुढा लगाएतको उपस्थितिमा फलफुल वितरण गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार