पर्यटन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले दियो ठक्कर

पर्यटन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले दियो ठक्कर

धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।

सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८:२० बजे ठक्कर दिएको अधिकारीले बताए।

कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको उनले जानकारी दिए। मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेका छन्।

‘कार चालक हाम्रो नियन्त्रणमा छन्, मन्त्रीज्यू चढेको गाडीमा क्षति पुगेको छ,’ अधिकारीले भने।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार