काङ्ग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली आज रूकुम आउदै

काङ्ग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली आज रूकुम आउदै

केन्द्रीय सदस्य मानबहादुर नेपाली

मुसिकाेट । रूकुम जिल्लाबाट पहिलाे पटक नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित नेता मानबहादुर नेपाली आज गृहजिल्ला रूकुम पश्चिम आउन थाल्नुभएकाे छ ।

जिल्लामा आयाेजित विभिन्न कार्यक्रममा सहभागी हुन र कार्यकर्ता तथा जनभेटघाटमा सहभागी हुन उहाँ रूकुम आउन थाल्नुभएकाे हाे ।

राष्ट्रिय दलित आयाेगका पूर्वअध्यक्ष समेत रहनुभएका नेपाली रुकुम जिल्लाकाे इतिहासमा पहिलाे पटक नेपाली काङ्ग्रेसकाे केन्द्रीय समितिमा निर्वाचित हुनुभएकाे हाे । उहाँ रूकुम जिल्ला सभापति भएर समेत काम गरिसक्नुभएकाे छ ।

नेपाली रूकुम आए लगत्तै मुसिकाेटस्थित विपि काेइरालाकाे शालिक माल्यार्पण गर्ने कार्यक्रम रहेकाे उहाँको निजी सचिवालयले जनाएकाे छ ।

उहाँ आजै पार्टी जिल्ला समितिकाे बैठकमा सहभागी हुनुहुने छ । आज नै उहाँ काङ्ग्रेस नेता गणेश शाहकाे हत्या भएकाे ठाउँ सानाेभेरी गाउँपालिका वडा नं ९ सुलेआलेमा जाने कार्यक्रम रहेकाे छ ।

उहाँ भाेली त्रिवेणी गाउँ पालिकामा वडा नं ४ कुरलमा सशस्त्र द्वन्द्वको समयमा माओवादीद्वारा हत्या गरिएका नेपाली काङ्ग्रेसका १५ जना कार्यकर्ताकाे परिवारसँग भेटघाट गर्न जानुहुने छ । यसबीचमा आठवीसकाेट लगायतका विभिन्न स्थानमा गएर कार्यकर्ता भेटघाट गरिने नेपालीले जानकारी दिनुभयाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार