‘तपाईको मास्क खै ?’ अभियानको पहिलो दिनमै मुसिकोटमा एक हजार मास्क वितरण

‘तपाईको मास्क खै ?’ अभियानको पहिलो दिनमै मुसिकोटमा एक हजार मास्क वितरण

मुसिकोट । कोरोना महामारीको संक्रमणदर बढ्दै गएपछि सोमबारदेखि रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रुकुम पश्चिमको आयोजनामा नेपाल पत्रकार महासंघ रुकुम, सामुदायिक प्रहरी सेवा केन्द्र, रुकुमेली समाज विकास केन्द्र सुआहारा परियोजनाको सहकार्यमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।

आज मुसिकोटको खलंगा स्थित कालिकास्थानबाट अभियान सुरुवात गरिएको र अभियानको क्रममा मास्क नलगाई हिड्डुल गरेकाहरुलाई मास्क वितरण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन एक हजार निःशुल्क मास्क वितरण गरिएको छ । कोरोनाको जोखिम बढेपनि अधिकांश मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

अभियानमा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकी, मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, नेपाल पत्रकार महासंघका सचिव हिरा परियार, सदस्य परिचन्द्र खत्री, सुआहारा परियोजनाका फिल्ड संयोजक जगदिश खड्का, नेपाल प्रहरी लगायतकाे सहभागिता रहेको थियो ।अभियानलाई निरन्तरता दिईने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार