मुसिकोट १४ मा ८५ सदस्यीय तरुण दल गठन

मुसिकोट १४ मा ८५ सदस्यीय तरुण दल गठन

मुसिकोट । नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति रुकुम पश्चिमले नगरका सबै वडाहरुमा पार्टी निकट भातृ संगठन गठन तथा पुनर्गठन कार्यलाई तिब्रता दिएको छ ।

सोहि क्रममा आईतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको वडा नम्वर १४ मा नेपाल तरुण दल गठन गरिएको छ ।

वडा नम्वर १४ मा भएको एक भेलाबाट खड्क बहादुर ओलीको अध्यक्षतामा ८५ सदस्यीय तरण दल गठन गरिएको मुसिकोट नगर कार्यसमितिका सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको विचारमा आस्थावान युवाहरुको भेलाबाट तरुण दल गठन गरिएको सचिव शर्माले बताउनुभयो ।

तरुण दल गठन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला रुकुम पश्चिमका जिल्ला कार्यसमिति सदस्य एकमाया बिष्ट, १४ नम्वर वडाका सभापति बुद्धिराम खड्का लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार