सार्वजनिक यातायातमा मास्क नलगाउनेलाई प्रवेश निषेध

सार्वजनिक यातायातमा मास्क नलगाउनेलाई प्रवेश निषेध

फाईल फोटो

काठमाडौं । कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् ।

माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ ।

त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न आदेशमा भनिएको छ । चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने छ । त्यस्तै कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । त्यस्तै मास्क नलागाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिन पनि आदेशमा भनिएको छ ।

प्रशासननले सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरे पनि त्यसको नियमित अनुगमन भने हुन सकेको छैन । संक्रमण तीव्र भइरहँदा पनि अहिले सार्वजनिक यातायातका साधनमा सिटभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार