रुकुम पश्चिममा आज २२ जनामा कोरोना संक्रमण पुष्टी

रुकुम पश्चिममा आज २२ जनामा कोरोना संक्रमण पुष्टी

मुसिकोट । पछिल्लो २४ घण्टामा रुकुम पश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्ले लगायत जिल्लाका विभिन्न स्थानीय तहमा जम्मा ९२ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार  मुसिकोट नगरपालिकामा ७१ जनामा परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टी, जिल्ला अस्पताल सल्लेमा २० जनामा परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै चौरजहारी नगरपालिकामा १ जनालाई परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ९२ पुगेको छ । उनीहरु मध्यमा केहि अस्पताल तथा विभिन्न आइसोलेसनमा रहेका छन।

रुकुम पश्चिममा पुस पहिलो सातादेखि पुनः कोरोना संक्रमितहरु थपिन थालेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार