रुकुममा सुतेको ओछ्यानमै जलेर नवजात शिशुको मृत्यु

रुकुममा सुतेको ओछ्यानमै जलेर नवजात शिशुको मृत्यु

सांकेतिक तस्बिर

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ शान्तिबजारमा आइतबार बिहान ओछ्यानमा आगो सल्किएर एक नवजात शिशुको मृत्यु भएको छ ।

सुतिरहेको ओछ्यानमा आगो सल्किदा स्थानीय रिमबहादुर रोकाका १९ दिने शिशु सुनिल रोकाको मृत्यु भएको हो। 

बच्चालाई जोगाउँन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुईवटै हात पोलिएर घाईते हुनुभएको छ। आमा कामले कोठा बाहिर गएको बेला ओछ्यानमा आगो सल्किएको जनाईएको छ।

चुल्हो नजिक ओछ्‌यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक  कृष्ण डाँगीले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक डाँगीका अनुसार हात पोलिएर घाईते भएकी आमा चौरजहारी अस्पतालमा उपचारपछि घर जानुभएको छ। शिशुको शव पोस्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा लगिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार