थप ६८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

थप ६८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा  ६ हजार ८२७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुनामा परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।

यस्तै आज १० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार