रुकुम पूर्वमा सहकारी संस्थाका लागि २० हजार मास्क सहयोग

रुकुम पूर्वमा सहकारी संस्थाका लागि २० हजार मास्क सहयोग

रुकुमकोट । रुकुम पूर्वमा सहकारी संस्थाहरूका लागि २० हजार मास्क हस्तान्तरण गरिएको छ । युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलस्टर (यूएमएन) को सहयोगमा जिल्लास्थित सहकारी संघ लिमिटेड, रुकुम पूर्वलाई २० हजार थान मास्क हस्तान्तरण गरिएको हो ।

यूएमएन रुकुम पूर्वका प्रमुख शिव प्रसाद अधिकारीले जिल्ला सहकारी संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई २० हजार थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको हो ।

यस्तै जिल्लामा रहेका सहकारी संस्थालाई मास्क वितरण सुरु गरिएको जिल्ला सहकारीका अध्यक्ष बसन्तकुमार अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रुक्मेनी बचत तथा ऋण सहकारी संस्था सिस्ने गाउँपालिका वडा नम्बर ६ लाई ४ हजार थान, स्वावलम्बी कृषि सहकारी संस्था सिस्ने वडा नम्बर ३ लाई एक हजार थान, पाथिभरा कृषि सहकारी सिस्ने वडा नम्बर २ लाई १ हजार थान, उन्नतशील कृषि सहकारी संस्था सिस्ने वडा नम्बर ८ लाई १ हजार थान मास्क हस्तान्तरण गरिएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार मारिङ बहुउद्देश्यीय सहकारी संस्था भूमेलाई ३ हजार ५ सय थान, चुनबाङ कृषि सहकारी संस्था भूमे ९ लाई एक हजार ५ सय, उत्तरगङ्गा साना किसान सहकारी संस्था पुथाउत्तरगंगा १२ लाई ३ हजार थान, नारासुगन कृषि सहकारी संस्था पुथाउत्तरगंगा १० लाई २ हजार थान र लोक सांस्कृतिक बचत तथा ऋण सहकारी संस्था उत्तरगंगा ५ लाई १ हजार ५ सय थान मास्क वितरण गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार