लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि सुरु हुने

लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि सुरु हुने

लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।

आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो ।

लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ। आयोगले निर्धारित लिखित परीक्षाका परीक्षा केन्द्र तोकेर यथाशीध्र जानकारी गराइने जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार