कोभिड १९ : भारतमा १० हजारभन्दा धेरै सङ्क्रमित

कोभिड १९ : भारतमा १० हजारभन्दा धेरै सङ्क्रमित

एजेन्सी

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट १० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म १० हजार २३ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ भने एक हजार ३५ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो समय भारतमा भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बिहान देशको नाममा सम्बोधन गर्दै आउँदो मे ३ सम्मका लागि लकडाउनको अवधि बढाएका छन् । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ ।

सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए । साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए ।

लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार