प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गर्नुभएको हो ।

उहाँ यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक हुनुहुन्थ्यो । २०७४ असार २६ मा प्रधानमन्त्री देउवाले परियारलाई प्रेस संयोजक नियुक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उहाँले लामो समयदेखि प्रेस हेर्दै आउनुभएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार करिब १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार